बेलायती महारानीकी नातिनीले बाथरुममा बच्चा जन्माइन्

डिसी नेपाल
१२ चैत २०७७ १७:०२
724
Shares

काठमाडौं। बेलायती महारानी एलिजाबेथ द्वितीयकी नातिनी जारा डिन्डलले बाथरुममा बच्चा जन्माएकी छिन् । जारा र माइक टिन्डलले छोराको जन्म भएको घोषणा गरेका छन् । उनीहरुले छोराको नाम लुकास फिलिप टिण्डल राखेका छन् ।

रानीकी नातिनी तथा इंग्ल्याण्डकी पूर्व रग्बी खेलाडीसमेत रहेकी जाराकी एक प्रवक्ताले उनीहरूको तेस्रो बच्चा आइतबार जन्मिएको बताइन् । बच्चाको तौल ८ पाउण्ड भएको बताइएको छ । बीबीसीका अनुसार समयमै अस्पताल पुग्न नसकेपछि जाराले बाथरुमको भुइँमा बच्चा जन्माएको टिण्डलले बताएका छन् । बकिङघम प्यालेसले महारानी र ड्यूक अफ एडिनबर्ग यो खबरले आनन्दित भएको बताएको छ ।

उनहिरुले परिस्थिति अनुकूल भएपछि पनाती पुस्ताको दशौं सन्तानलाई भेट्ने एक प्रवक्ताले बताए । बेलायतको राजगद्दीको उत्तराधिकार लाइनमा यी बालक २२ औं स्थानमा छन् । बालकको बीचको नाम ‘फिलिप’ माइक टिण्डलका पिताका जारा टिण्डलका हजुरबुबा दुवैको सम्मानमा छ । ३९ वर्षीया जारा टिण्डल र उनका पतिका दुई सन्तान भइसकेका छन् । सात वर्षीया मिया र दुई वर्षीया लेना गरी दुई छोरी छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.