अर्की केटीसँग बिहे गर्न लागेको रिसमा विवाहित प्रेमिकाले एसिड आक्रमण गर्दा प्रेमीको मृत्यु

डिसी नेपाल
१३ चैत २०७७ १०:३१
9.5k
Shares

काठमाडौं। प्रेम प्रस्ताव अस्वीकार गरेको वा यस्तै किसिमका विभिन्न कारणलाई लिएर पुरुषले महिलामाथि एसिड आक्रमण गरेका घटना हामीले धेरै सुनेका छौं । तर, पछिल्लो समय महिलाहरु पनि पुरुषमाथि एसिड आक्रमण गर्न थालेका छन् । यस्तै एक घटनामा प्रेमिकाको एसिड आक्रमणमा परेका युवकको मृत्यु भएको छ । युवकले अर्कै युवतीसँग बिहे गर्न लागेको रिसमा युवतीले एसिड आक्रमण गरेकी थिइन् । २५ वर्षकी युवती विवाहित भएको टाइम्स अफ इण्डियाले जनाएको छ

प्रेमको नगर वा ताजमहलको नगर मानिने आगरा शहरमा घटना भएको हो । आगरा जिल्लाको हरिपर्वत थाना क्षेत्रमा सोनम पाण्डे नामकी युवतीले देवेन्द्र कुमार नामका प्रेमीमाथि एसिड आक्रमण गरेकी थिइन् । पुलिसका अनुसार प्रेमीको बिहे अन्तै तय भएका कारण प्रेमिका रिसाएकी थिइन् । प्रेमीलाई उनले आफ्नो घरको पंखा सफा गर्ने निहुँमा बोलाएकी थिइन् । प्रेमी घरमा आएलगत्तै उनले प्रेमीमाथि एसिड आक्रमण गरेकी थिइन् ।

घाइते देवेन्द्रलाई सिकंदरास्थित एक अस्पतालमा भर्ना गरिएकोमा उपचारको क्रममा मृत्यु भयो । पुलिसका अनुसार युवती आगराकै एक अस्पतालमा नर्स हुन् । देवेन्द्र एक प्रयोगशालामा असिस्टेन्टको रुपमा काम गर्थे । युवतीलाई पक्राउ गरिएको छ । आक्रमणको क्रममा युवतीको शरीरमा पनि एसिड परेकोले उनलाई अस्पताल भर्ना गरिएको बताइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.