सुनसरीको दुहवीमा डोरीतान आउटडोर च्याम्पियनसिप हुने
काठमाडौं । सुनसरीको दुहवीमा चैत्र २६ र २७ गते तेस्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसिप हुने भएको छ । सुनसरी जिल्ला डोरीतान संघको आयोजनामा हुने प्रतियोगितामा आयोजक टोली सहित ४ प्रदेशका टोलीहरु, ३ विभागिय टोली, भूपू ब्रिटिस गोर्खा टोली र भारतका २ टोलीहरुको सहभागिता रहने भएको छ । प्रतियोगिता दुहवी नगरपालिका स्थित श्री सरस्वती मा.बि.को खेल मैदानमा खेलाईने सुनसरी जिल्ला संघका अध्यक्ष निश्चल राज शाक्यले डिसी नेपाललाई बताए ।
अन्तराष्ट्रिय डोरीतान महासंघको नियमानुसार प्रतियोगिताका प्रत्येक खेल बेष्ट अफ थ्री का आधारमा खेलाईने शाक्यले बताए । प्रतियोगिताको उपाधि जित्ने टोलीले नगद एक लाख रुपैया सहित मेडल र प्रमाण–पत्र प्राप्त गर्नेछन तथा दोस्रो हुने टोलीले नगद पचास हजार रुपैंया सहित प्रमाण–पत्र प्राप्त गर्नेछन । जिल्ला संघका अध्यक्ष निश्चल राज शाक्यकाले सुनसरी जिल्ला डोरीतान संघले सुनसरी जिल्लामा मात्र नभएर एक नम्बर प्रदेश भरी नै डोरीतान खेलको विकास गर्न खेलाडीहरु प्रशिक्षण तथा उत्पादन गर्ने, कार्यसमितिका सदस्यहरुलाई अभिमुखीकरण तालिम, प्राविधिक तालिम, डोरीतान खेल प्रतियोगिताहरु आयोजना गर्ने तथा आयोजना गर्न सहयोग गर्ने बताए । उनका अनुसार प्रदेश स्तर तथा राष्ट्रिय स्तरका प्रतियोगिताहरुमा खेलाडीहरुलाई समावेश गराउने कार्यहरु गर्दै सुनसरी जिल्ला संघले डोरीतान खेलको विकासमा टेवा पुर्याईरहेको बताए ।
वि.सं २०७५ मा सुनसरी जिल्ला डोरीतान संघले नेपालमा पहिलो पटक अन्तराष्ट्रिय गोल्डकप प्रतियोगिता भव्यताका साथ सम्पन्न गरेको थियो । त्यसैगरी संघले २०७६ फाल्गुन २३ र २४ गते दोस्रो मनमोहन अन्तराष्ट्रिय गोल्डकप डोरीतान आउटडोर च्याम्पियनसीप आयोजना गरेको थियो ।







डिसी नेपाल








Facebook Comment