भारतीय प्रधानमन्त्रीको बंगलादेश भ्रमणको विरोधमा बंगलादेशमा प्रदर्शन, ४ जना प्रदर्शनकारीको मृत्यु

डिसी नेपाल
१३ चैत २०७७ २१:२७
5.5k
Shares

ढाका (एजेन्सी)। भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीको दुई दिने बंगलादेश भ्रमणको विरोधमा बंगलादेशमा व्यापक विरोध प्रदर्शन भएको छ। भारतीय प्रधानमन्त्री मोदी शुक्रबार बंगलादेश पुगेका छन्।

सो भ्रमणको विरोधमा बंगलादेशको चटगाउँमा भएको विरोध प्रदर्शन हिंस्रक हुँदा ४ जनाको मृत्यु भएको बीबीसीले जनाएको छ। समाचार अनुसार प्रहरीले प्रदर्शनकारीमाथि गोली चलाउँदा ४ जना प्रदर्शनकारीको मृत्यु भएको हो।

समाचारअनुसार बंगलादेशको राजधानी ढाकामा पनि शुक्रबार व्यापक विरोध प्रदर्शन भएको छ। मोदीले बंगलादेश भ्रमण गर्ने निश्चित भएसँगै बंगलादेशमा विरोध प्रदर्शन शुरु भएका थिए। मोदी सरकारले ल्याएका केही कानुनहरुले बंगलादेशीलाई समस्या भएको भन्दै उनको विरोध भइरहेको छ।

मोदी बंगलादेशका संस्थापक शेख मुजिब उर रहमानको १०० औं जन्मजयन्तीका अवसरमा अयोजित कार्यक्रममा भाग लिन ढाका पुगेका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.