बेयरस्टोको सतक र स्टोक्सको आक्रामक ब्याटिङमा इंग्ल्याण्डको शानदार जित

डिसी नेपाल
१३ चैत २०७७ २१:५५
92
Shares

काठमाडौं । दोस्रो एकदिवसीय खेलमा इंग्ल्याण्डले भारतलाई पराजित गरेको छ । पुनेमा भएको खेलमा इंग्ल्याण्ड ६ विकेटले विजयी भएको हो ।

भारतले दिएको ३३७ रनको लक्ष्य पछ्याएको इंग्ल्याण्डले ३९ बल बाँकी छदैँ ४ विकेट गुमाएर पुरा गरेको हो । इंग्ल्याण्डको जितमा जोनी बेयरस्टोले सतकीय पारी खेले । उनले ११२ बलमा ११ चौका र ७ छक्का प्रहार गरी १२४ रन बनाए । यस्तै बेन स्टोक्सले आक्रामक ब्याटिङ गर्दै ५२ बलमा १० छक्का र ४ चौका प्रहार गरी ९९ रन बनाएर आउट भए । जेसन रोयले ५५ रन बनाए । भारतका प्रशिद्द कृष्णले २ विकेट लिए ।

यसअघि टस हारेर पहिले ब्याटिङको निम्तो पाएको भारते निर्धारित ओभरमा ६ विकेट गुमाएर ३३६ रन बनाएको थियो । भारतका लागि के एल राहुलले १०८ रन बनाए । यस्तै ऋषभ पन्तले ७७ रन बनाउँदा कप्तान विराट कोहलीले ६६ रन बनाए । इंग्ल्याण्डका रिष टोप्ले र टक करनले २/२ विकेट लिए ।

जितसँगै ३ खेलको एकदिवसीय सिरिज १-१ को बराबरी भएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.