फेसबुकमा प्रधानमन्त्रीविरुद्ध लेख्दा १ करोड जरिवाना

डिसी नेपाल
१४ चैत २०७७ १०:२१
256
Shares

काठमाडौं। सिंगापुरका एक जना ब्लगरलाई देशका प्रधानमन्त्रीविरुद्ध फेसबुकमा लेखेका कारण १ लाख ३३ हजार सिंगापुर डलर (१ करोड १४ लाख रुपैयाँ) जरिवाना तिर्न आदेश दिइएको छ । ब्लगरलाई बुधबार प्रधानमन्त्रीलाई बदनाम गरेको अभियोगमा यो सजाय सुनाइएको हो । ब्लगरमाथि सामाजिक संजाल फेसबुकमा प्रधानमन्त्रीलाई भ्रष्टाचार र घोटालासँग जोडेर एक लेख शेयर गरेको आरोप छ ।

द गार्डियनका अनुसार ब्लगरमाथि सिंगापुरका प्रधानमन्त्री हसियन लुंगलाई मलेसियामा मनी लण्ड्रिङ घोटालासँग जोडेर एक लेख लेखेर उनीविरुद्ध झुटो दावी फैलाएको आरोप छ । यो फैसलालाई लिएर आलोचकहरुले यो जनताको मुख बन्द गर्ने र सामाजिक संजालमा सरकारको नियन्त्रण राख्ने कोसिसको नयाँ उदाहरण भनेका छन् ।

ब्लगर ली लिओंगले अदालतको फैसलाका विषयमा भनेका छन् ‘म निश्चित रुपले निराश छु । मलाई आशा छ कुनै राजनेताले आम नागरिकमाथि मानहानीको मुद्दा हालेको यो अन्तिम पटक हुनेछ । उनले जनतासँग यो जरिवाना तिर्नको लागि दान दिन अपिल पनि गरेका छन् । लिओंगका वकिल लिम टीनले फैसलालाई गलत र पूर्ण रुपमा त्रुटिपूर्ण निर्णय भनेका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.