व्यापारीले आफ्ना १ हजारभन्दा धेरै कर्मचारीलाई नक्कली भ्याक्सिन लगाइदिए
काठमाडौं। एक जना व्यापारमाथि आफ्ना १ हजार भन्दा धेरै कर्मचारीलाई नक्कली कोरोना भ्याक्सिन लगाइदिएको आरोप लागेको छ । मोहम्मद युसुफ अमदानी नामका यी पाकिस्तानी व्यापारीले कर्मचारीलाई नक्कली भ्याक्सिन लगाइदिएको विषयमा रिफर्मा अखबारले एक रिपोर्ट प्रकाशित गरेको छ । रिपोर्टका अनुसार युसुफले मेक्सिकोको केम्पेस सहरमा आफ्नो टेक्सटाइल कारखानामा काम गर्ने कर्मचारीलाई नक्कली भ्याक्सिन लगाइदिएका हुन् ।
युसुफलाई होन्डुरासका सबैभन्दा धनी व्यापारीमध्ये एक मानिन्छ । युसुफले रुसको स्पुतनिक भी भ्याक्सिन आयात गरेका थिए । युसुफले यो भ्याक्सिन आफ्ना कर्मचारी मात्र नभइ आफ्ना नजिकका कम्पनीका कार्यकारी र केही राजनेतालाई पनि दिएको बताइएको छ । रिफर्माको रिपोर्टअनुसार मार्च १० मा दिन ओसन भ्यु होटलमा युसुफले यो भ्याक्सिन आफ्ना नजिकका मानिसहरुलाई लगाइदिएका थिए । त्यसपछि १५ मार्चमा कम्पनीका कर्मचारीलाई भ्याक्सिन लगाइदिएका थिए । यसका अलावा केही ट्याक्सी ड्राइभरलाई पनि यो भ्याक्सिन लगाइदिएका थिए ।
मेक्सिको प्रशासनले अब बाँकी रहेका नक्कली भ्याक्सिन जफत गरेको छ । एक बयानमा बताइएअनुसार यी भ्याक्सिनका तस्वीर, कन्टेनरको डिजाइन र लेबल हेरेपछि यी सबै भ्याक्सिन नक्कली भएको र यसको वास्तविक भ्याक्सिनसँग कुनै लेनदेन नभएको प्रस्ट हुने बताइएको छ । रिपोर्टअनुसार भ्याक्स्नि जफत गरिएपछि युसुफको टेक्सटाइल कारखानामा ताला लागेको पाइएको छ र कामदारलाई ४ अप्रिलसम्मका लागि विदामा पठाइएको छ ।
युसुफ फरार रहेको बताइएको छ र उनको खोजी भइरहेको छ । मेक्सिकोले जनवरीमा रुससँग भ्याक्सिन आयातको सम्झौता गरेको थियो । मेक्सिकोले रुसबाट २४ मिलियन स्पुतनिक भी भ्याक्सिन मगाएकोमा अहिलेसम्म ४ लाख भ्याक्सिन मात्रै पुगेको छ । मेक्सिकोमा अहिलेसम्म लगभग ६० लाख मानिसहरुलाई भ्याक्सिन लगाइएको छ । यिनीहरु धेरैजसो स्वास्थ्यकर्मी र ज्येष्ठ नागरिक छन् ।







डिसी नेपाल








Facebook Comment