एक जनाको गल्तीका कारण १ खर्ब, २३ अर्ब रुपैयाँ तिर्नुपर्ने, पैसा तिर्न विश्वविद्यालय तयार
काठमाडौं। अमेरिकाको युनिभर्सिटी अफ साउथ क्यालिफोर्नियाका एक प्राध्यापकको गल्तीका कारण विश्वविद्यालयले १ खर्ब, २३ अर्ब ५५ करोड रुपैयाँ क्षतिपूर्ति तिर्नुपर्ने भएको छ । विश्वविद्यालय पनि यो रकम क्षतिपूर्ति तिर्न तयार भएको छ । बिहीबार लस एन्जल्स सुपरभाइजर काउन्टी कोर्टले यो सम्झौता स्वीकृत गरेको छ । यो रकम यौन शोषणमा परेका ७१० जना महिलाहरुलाई दिइनेछ ।
विश्वविद्यालयका स्त्री रोग विशेषज्ञ जर्ज टिन्डलमाथि आफ्ना बिरामीको यौन शोषण र गालीगलौज गरेको आरोप लागेको थियो । तीन अलग अलग मुद्दामा अदालतले यो मुआब्जा दिन आदेश दिएको हो । एनबीसी न्यूजका अनुसार विश्वविद्यालयले यसलाई आफ्नो इतिहासको कालो अध्याय मान्दै आरोपी जर्ज टिन्डलविरुद्ध कारवाही गरेको थियो ।
साथमा विश्वविद्यालयले यसलाई खराब अन्त्य मानेको छ । विश्वविद्यालयको बोर्ड अफ ट्रस्टिजका अध्यक्ष रिक कारुसोले भने ‘विश्वविद्यालयले ती सबै कुराको रक्षा गर्न सकेन जो हाम्रो लागि सबैभन्दा महत्वपूर्ण हुन्छन् । यसले हाम्रो छविलाई ठूलो नोक्सानी भएको छ ।
यो मामिलाको खुलासा २०१८ मा भएको थियो । त्यतिबेला ५ सय महिलाहरुले युनिभर्सिटीविरुद्ध मुद्दा हालेका थिए । त्यतिबेला विश्वविद्यालयमा उजुरी केन्द्र स्थापना गरिएको थियो । विश्वविद्यालयका विद्यार्थी तथा एल्युमिनाइसँग हटलाइन र वेबसाइटमार्फत उजुरी गर्न अपिल गरियो । यसका लागि ३ लाख ५० हजार विद्यार्थीलाई इमेल पठाइएको थियो ।







डिसी नेपाल








Facebook Comment