१ सय १४ जनाको हत्या गरेर सेनाले खेल्यो रगतको होली
काठमाडौं। नेपाल, भारत लगायतका देशहरुमा एक आपसमा रंग खेलेर होली मनाइँदै गर्दा छिमेकी देश म्यानमारमा भने त्यहाँको सेनाले रगतको होली खेलेको छ । सेनाले कू गरेर सत्ता कब्जा गरेको विरोधमा यहाँ जारी विरोध प्रदर्शनका क्रममा शनिबार सेनाको सबैभन्दा क्रुर रुप देखियो । शनिबार मात्रै यहाँ १ सय १४ जनाको ज्यान गयो । यो पछिल्लो विरोध प्रदर्शन सुरु भएयताकै एक दिनमा सबैभन्दा धेरै मृत्यु हो ।
सेनाले शनिबार देशको राजधानी नायपितावमा वार्षिक सैनिक दिवसको दिन परेड गरेको थियो। यस क्रममा विरोध प्रदर्शन भएपछि सेनाले यस आन्दोलनलाई कुल्चन दर्जनौं मानिसहरूको ज्यान लियो। जनआन्दोलनलाई दमन गर्ने म्यानमारको सेनाको यो अहिलेसम्मकै सबैभन्दा ठूलो कारवाही हो। म्यानमार नाव अनलाइन समाचार वेबसाइटले शनिबार सेनाको दमनका क्रममा मर्नेहरूको संख्या ११४ पुगेको जनाएको छ ।
यांगुनका एक स्वतन्त्र अनुसन्धानकर्ताका अनुसार सेनाले दुई दर्जनभन्दा बढी शहरमा आन्दोलनकारीहरुविरुद्ध गोलीबारी गरेको थियो जसमा १०० भन्दा बढीको मृत्यु भएको थियो । शनिबार मारिनेहरुको संख्या यसअघि मार्च १४ मा सेनाको गोली हानाहानमा मारिएकाहरूको तुलनामा बढी छ। मार्च १४ को घटनामा ७४–९० जनाको मृत्यु भएको रिपोर्ट गरिएको थियो ।
सुरक्षाका कारण नाम खुलाउन नचाहने एक जना अनुसन्धानकर्ताले हरेक दिनको अन्तमा असिस्टेन्ट एसोसिएसन अफ पोलिटिकल प्राक्टिजनर्सको सहायताले सेनाको हिंसात्मक कारबाहीमा मारिएका व्यक्तिको तथ्यांक सार्वजनिक गर्छन् । अनुसन्धानकर्ताले जारी गरेको मृत्युको तथ्यांक र गिरफ्तारीसम्बन्धी कागजातहरूलाई व्यापक रूपमा एउटा निश्चित स्रोतको रूपमा लिइन्छ। तथापि, समाचार एजेन्सी एसोसिएट प्रेसले यी मृत्युको तथ्यांकलाई स्वतंत्र रूपमा पुष्टि गरेको छैन।







डिसी नेपाल








Facebook Comment