प्रधानमन्त्री ओली र सभामुख सापकोटाबीच भेटवार्ता

डिसी नेपाल
१५ चैत २०७७ १४:२२
384
Shares

काठमाडौं। प्रधानमन्त्री केपी शर्मा ओली र सभामुख अग्नि सापकोटाबीच भेटवार्ता भएको छ।

आइतबार दिउँसो प्रधानमन्त्री निवास बालुवाटारमा भएको भेटवार्तामा संसदको भूमिकालाई प्रभावकारी बनाउनेलगायतका विषयमा छलफल भएको बताइएको छ।

पछिल्लो समय सरकारले ससदलाई विजनेश नदिएको भन्दै आलोचना भइरहेका बेला सभामुखले प्रधानमन्त्रीसँग भेट गरेका हुन्।

सर्वोच्च अदालतले प्रतिनिधिसभालाई पुनःस्थापित गरेपछि बसेको संसद बैठक विजनेश नपाएर प्रभावित हुँदै आएका छन्। हाल संसदमा ३६ वटा विधेयक प्रक्रियामा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.