वेटरहरुले आफ्नो ‘युनिफर्म’ लगाएकोमा वकिलहरुलाई आपत्ति !
काठमाडौं। वकिलहरुलाई सांकेतिक भाषामा ‘कालो कोटे’ पनि भनिन्छ । वकिलहरुले बहसका क्रममा कालो कोट लगाउँछन् । संसारका प्रायः देशहरुमा वकिलहरुले कालो कोट, सेतो सर्ट र कालो टाइ लगाउँछन् । यो वकिलको औपचारिक पहिरन मानिन्छ । तर, कालो कोटसँग सेतो सर्ट र कालो टाइ अन्य पेसाका मानिसहरुले पनि लगाउँछन् । यो पहिरन अरुले लगाउन नहुने भन्ने कानुन कतै छैन ।
पाकिस्तानमा भने आफूहरुको ‘युनिफर्म’ अरुले लगाइदिएकोमा वकिलहरुलाई ठूलै चिन्ता परेछ । त्यसैले पाकिस्तानका ३ बार काउन्सिलहरुले आफुहरुको पहिरन वेटरहरुले लगाएकोमा आपत्ति जनाउँदै वक्तव्य जारी गरेका छन् । यी बार काउन्सिलहरुले आफूहरुको पहिरन अरु कसैलाई पनि लगाउन अनुमति दिइन नहुने भनेका छन् । पाकिस्तानको पंजाब, इस्लामाबाद र बलोचिस्तान प्रान्तका बार काउन्सिलले यस्तो आपत्ति जनाएको पाकिस्तानी अखबार डनले जनाएको छ ।
बार काउन्सिल वकिलहरुको प्रतिनिधि संस्था हो । पंजाब बार काउन्सिलले मुख्य सचिवलाई पत्र लेखेको छ । इस्लामाबाद बार काउन्सिलले इस्लामाबादका चिफ कमिश्नरलाई पत्र लेखेको छ र बलोचिस्तान बार काउन्सिलले एक वक्तव्य जारी गरेको छ । यी तीनवटै दस्तावेजको चुरो कुरो एउटै छ – कालो कोट, सेतो सर्ट र कालो टाइसहितको युनिफर्म वकिलले बाहेक अरुले लगाउन पाउनु हुँदैन ।
‘कैयौं होटल र विवाह हलका स्टाफहरुले वकिलको युनिफर्म लगाउने गरेको हाम्रो जानकारीमा आएको छ । यो पत्रमार्फत म प्रस्ट पार्दैछु कि कानुनमै ग्रयाजुएट गरेको व्यक्तिले समेत वकिलको युनिफर्म प्रवेश परीक्षा पास नगरी र ६ महिनाको प्रशिक्षण पूरा नगरी लगाउन पाउँदैन’ पंजाब बार काउन्सिलले लेखेको छ ‘वकिलबाहेक अरु कसैलाई पनि वकिलको युनिफर्म लगाउने अनुमति छैन । यदि कोही पनि कुनै ठाउँमा वकिलको पहिरनमा देखिएमा मसँग कानुनबमोजिम कारवाही अगाडि बढाउने निर्देशन छ ।’







डिसी नेपाल








Facebook Comment