आइतबार थप ८९ जनामा कोरोना पुष्टि

डिसी नेपाल
१५ चैत २०७७ १७:२०
44
Shares

काठमाडौं । आइतबार नेपालमा थप ८९ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७६ हजार ८३९ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १२ सय ८२ रहेको छ । पछिल्लो २४ घण्टामा ९५ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ५३० पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार २७ जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट कुनै पनि बिरामीको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ५७ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख ६१ हजार १४६ जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.