चीनमा १० करोड व्यक्तिलाई कोभिड–१९ विरूद्धको खोप दिइयो

डिसी नेपाल
१५ चैत २०७७ २०:५८
56
Shares

बेइजिङ (सिन्ह्वा)। चीनमा आइतबारसम्म कोभिड–१९ विरूद्धको खोप लगाउनेको सङ्ख्या १० करोडभन्दा माथि पुगेको छ ।

कोभिड–१९ रोकथाम तथा नियन्त्रण राज्य परिषद् अन्तर्गत संयुक्त संयन्त्रले आइतबार एक पत्रकार सम्मेलनमार्फत् १० करोड चिनियाँलाई खोप लगाइसकिएको जानकारी गराइएको हो ।

राष्ट्रिय स्वास्थ्य आयोगद्वारा सार्वजनिक तथ्याङ्क अनुसार अहिलेसम्म १० करोड २४ लाख दुई हजार चिनियाँहरूले खोप लगाएका छन् ।

चीनले मार्च २४ पछि दैनिक कोभिड–१९ विरूद्धको खोप सेवा अभियान थालेपछि दैनिक ३० लाख मात्रा खोप उत्पादन गर्दै आएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.