आज चैत १६ गते साेमबार, कस्ताे छ आजकाे दिन हेर्नुहाेस् राशिफल

डिसी नेपाल
१६ चैत २०७७ ६:१४
648
Shares

आज वि.सं.२०७७ साल चैत १६ गते, साेमबार । सन् २०२१ मार्च २९ तारिख । नेपाल संवत् ११४१ । प्रमादी संवत्सर । उत्तरायण । वसन्त ऋतु । श्रीशाके १९४२ । फाल्गुन कृष्ण पक्ष।  द्वितीया तिथि । चन्द्रमा कन्या राशिमा। काठमाडौंमा सूर्योदय बिहान ६ः००र सूर्यास्त बेलुकी ६ः२० मिनेटमा ।

मेष (चू,चे,चो,ला,लि,लू,ले,लो,अ) नयाँ जिम्मेवारी थपिनेछ। छोटो यात्रा हुनेछ। बन्धुवर्गको सहयोग मिल्नेछ।

बृष (ई,ऊ,ए,ओ,वा,वी,वू,वे,वो) धनको वृद्धि हुनेछ। वैदेशिक काममा खुसी बढ्नेछ। भोजनको सुख पाइनेछ।

मिथुन(का,की,कू,घ,ङ,छ,के,को,हा) साथीभाइको साथ मिल्नेछ। घरायसी काम फटाफट बन्नेछ। मनोरन्जनमा दिन बित्नेछ।

कर्कट(ही,हू,हे,हो,डा,डी,डु,डे,डो) फाइदा अरुलाइ मिल्नेछ। स्वास्थ्यमा बढी खर्च हुने्छ। प्रिय वस्तु हराउन सक्नेछ।

सिहं(मा,मी,मू,मे,मो,टा,टी,टू,टे) कृषिबाट फाइदा मिल्नेछ। आम्दानीमा प्रगति हुनेछ। सहयोगी अघि सर्नेछन्।

कन्या(टो,पा,पी,पु,ष,ण,ठ,पे,पो) पुरानो कारोवार मिल्नेछ। रोजगारीको लाभ पाइनेछ। रमाइलोमा दिन बित्नेछ।

तुला(रा,री,रु,रे,रो,ता,ती,तू,ते)  धर्म परोपकारमा समय जानेछ। आँटेको काममा सफलता मिल्नेछ। वैदेशिक काममा जस पाइनेछ।

बृश्चिक (तो,ना,नी,नू,ने,नो,या,यी,यू) सुरुको थालनीमा समस्या आउनेछ। शंकाले तनाव बढ्नेछ। अपजस मिल्न सक्नेछ।

धनु(ये,यो,भा,भी,भू,ध,फा,ढा,भे)  वैवाहिक एवं प्रेममा प्रगति हुनेछ। नयाँ मित्रता सम्बन्ध थपिनेछ। पारिवारिक साथ बढ्नेछ।

मकर(भो,जा,जी,जू,जे,जो,ख,खी,खू,खे,खो,गा,गी) नयाँ काममा खर्च हुनेछ। झमेलाबाट मुक्त भइने। आफन्तसँग वादविवाद हुने।

कुम्भ(गू,गे,गो,सा,सी,सू,से,सो,दा) कला संगीतमा रुचि बढ्नेछ। मिठो खानपिनमा रुचि जानेछ। ठुलाबडो साथ मिल्नेछ।

मीन(दी,दू,थ,झ,ञ,दे,दो,चा,ची) आलस्यताले काम अधुरो हुनेछ। घरायसी कुराले पिरोल्नेछ। स्वास्थ्यमा समस्या आउनेछ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.