पिताको फिल्मफेयर अवार्ड लिन इरफान खानका छोरा पिताकै कपडा लगाएर पुगे

डिसी नेपाल
१६ चैत २०७७ १०:५४
4.8k
Shares

काठमाडौं। शनिबार घोषित ६६ औं फिल्मफेयर अवार्डका क्रममा दिवंगत अभिनेता इरफान खानलाई ‘अंग्रेजी मिडियम’ फिल्मको लागि सर्वोत्कृष्ट अभिनेताको पुरस्कार दिइयो । उनलाई लाइफटाइम अचिभमेन्ट अवार्ड समेत दिइयो । इरफान खानको अवार्ड लिनको लागि उनका छोरा बाबिल स्टेजमा गएका थिए । यस क्रममा बाबिलले पिताकै कपडा लगाएका थिए ।

बाबिलले यो जानकारी सामाजिक संजालमा शेयर गरेका छन् । उनले आफ्नी आमा किन अवार्ड कार्यक्रममा गइनन् भन्ने पनि खुलासा गरेका छन् । आमा सुतापाले मानिसहरुको सामना गर्न नसक्ने भएकोले अवार्ड कार्यक्रममा नगएको उनले बताउका छन् । बाबिलले एक भिडियो साझा गर्दै लेखेका छन् ‘मम्माले मलाई तयार गर्दै हुनुहुन्छ । त्यसैले जयदीप अहलावत, राजकुमार राव आर, आयुष्मान खुरानासंग अवार्ड लिने क्रममा मैले केही पनि भन्नको लागि यो मेरो ठाउँ हैन भनेको थिएँ । मानिसहरु भन्छन् कि तिमी कहिल्यै आफ्ना पिताको जुत्तामा फिट हुन सक्दैनौं । तर, कमसेकम म उहाँको कपडामा त फिट हुन सक्छु ।’




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.