शनिबारसम्म देशभरका विद्यालय बन्द गर्ने निर्णय
काठमाडौं। सरकारले भोलि मंगलबारदेखि ४ दिनसम्म देशैभरीका सबै विद्यालय बन्द गर्ने निर्णय गरेको छ । देशभर प्रदूषणको स्तर बढेपछि सरकारले विद्यालय बन्द गर्ने निर्णय गरेको हो । केही दिनयता नेपालको वायुमण्डलको प्रदूषण निकै बढेको छ । शिक्षामन्त्री कृष्णगोपाल श्रेष्ठको अध्यक्षतामा बसेको आकस्मिक बैठकले यस्तो निर्णय गरेको हो। अब कम्तीमा पनि शनिबारसम्म विद्यालय बन्द रहनेछन् ।
यद्यपि यसलाई कोरोनाभाइरस संक्रमण फैलिन नदिन भिडभाड हुने ठाउँहरुमा नियन्त्रण गर्ने रणनीतिको रुपमा समेत लिइएको छ । छिमेकी मुलुक भारतमा कोरोनाभाइरस संक्रमणका घटनाहरुमा वृद्धि हुँदै गएपछि नेपालमा पनि थप सतर्कता अपनाउन थालिएको छ । यसैअनुरुप बालबालिकाको भिड हुने क्षेत्र विद्यालय केही दिनको लागि बन्द गर्ने निर्णय गरिएको हुनसक्ने पनि अनुमान गरिएको छ ।
भारतमा संक्रमण फैलिन थालेपछि त्यहाँ रहेका आप्रवासी कामदारहरु नेपाल फर्किने क्रम पनि बढेको छ । यससँगै सरकारले सीमाबाट नेपाल प्रवेशमा पनि कडाइ गरिसकेको छ । ७२ घण्टाभित्रको कोभिड परीक्षणको नेगेटिभ रिपोर्ट नहुँदासम्म नेपाली सीमाभित्र प्रवेश गर्न रोक लगाइएको छ ।







डिसी नेपाल







Facebook Comment