त्रिदेशीय कपको उपाधि नेपाललाई

डिसी नेपाल
१६ चैत २०७७ १९:३८
232
Shares

काठमाडौं। त्रिदेशीय कप फुटबलको उपाधि नेपालले जितेको छ। सोमबार त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा सम्पन्न खेलमा नेपालले बंगलादेशलाई २- १  गोल अन्तरले पराजित गर्यो। नेपालको यो अन्तराष्ट्रिय फुटबलमा पाचौं उपाधि हो।

घरेलु टोली नेपालका लागि सन्जोग राई र बिशाल राईले गोल गरेका हुन्। यस्तै बंगलादेशका लागि महबुर रहमानले सान्तवना गोल फर्काए। पहिलो हाफमा उत्कृष्ट प्रर्दशन गरेको नेपालले दोस्रो हाफमा त्यही लय कायम राख्न सकेन्। खेलकाे म्यान अफ द म्याच सन्जोग राई घोषित भए।

पहिलो हाफको १८ औं मिनेटमा कर्नरमार्फत सुनिल बलले दिएको पासमा सन्जोग राईले हेडमार्फत गोल गर्दै पहिलो अग्रता दिलाएका थिए। यस्तै खेलको ४२ औं मिनेटमा बिशाल राईले गोल गर्दै नेपालको अग्रता दोब्बर बनाएका थिए। घरेलु टोली नेपालले खेलको सुरुवात देखि नै बंगलादेशलाई दबावमा राखेको थियो।

दुवै टोलीले खेलमा गोल गर्ने केही उत्कृष्ट मैाका बनाए पनि त्यो गोलमा भने परिणत भएन्। पहिलो हाफको १६ औं मिनेटमा अनन्त तामाङले प्रहार गरेको बल पोष्ट नजिकैबाट बाहिरिएको थियो।

यस्तै खेलको २९ औं मिनेटमा पाएको सुनौलो अवसरमा अञ्जन विष्ट गोल गर्न चुके। उनले फ्रि बारमा प्रहार गर्दा बल गोल पोष्ट नजिकै माथिबाट बाहिरीयो।

यस्तै खेलको ४२ औं मिनेटमा अनन्त तामाङले पनि गोल गर्ने सुनौलो अवसर खेर फाले। वान टु वानमा उनले प्रहार गरेको बल गोलमा परिणत हुन सकेन्।

दोस्रो हाफमा भने बंगलादेशले केही सुधारिएको प्रर्दशन गर्यो। फाइनल खेल हेर्न र खेलाडीको हौसला बढाउनको लागि प्रधानमन्त्री केपी शर्मा ओली रंगशाला पुगेका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.