पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन

डिसी नेपाल
१७ चैत २०७७ ७:३०
76
Shares

काठमाडौं। पुराना वामपन्थी नेता विष्णुबहादुर मानन्धरको निधन भएको छ। विगत एक महिनादेखि पाटन अस्पतालमा उपचार गराइरहेका नेता मानन्धरको ९१ वर्षको उमेरमा साेमबार साँझ ८.२० मा निधन भएको हो।

राणा विरोधी आन्दोलनदेखि नै देश र जनताको पक्षमा लागेका मानन्धर नेपालको वामपन्थी आन्दोलनका एक सादगी र इमान्दार नेताका रुपमा परिचित थिए। जीवनभर कुनै पनि सरकारी पद लिन नचाहेका मानन्धरले नेपालको कम्युनिष्ट आन्दोलनलाई एकताबद्ध बनाउन निरन्तर प्रयास गर्दै आए।

नेकपा (संयुक्त) स्थापनामा उनको ठूलो योगदान रहेको छ। विसं २०४६ को जनआन्दोलनपछि उनलाई मन्त्री बन्न आग्रह गरिएपनि उनले निलाम्बर आचार्यलाई सहजै उक्त जिम्मेवारी सम्हाल्न अनुरोध गरेका थिए। नेता मानन्धरले कम्युनिष्ट आन्दोलनमा हुर्किएको अवसरवादको सधै प्रतिवाद गर्दै आएको उनलाई चिन्ने जान्ने नेताहरुको भनाइ छ।

उनका छोरा सुनिल मानन्धर नेकपा (माओवादी केन्द्र) का नेता हुन्। दिवङ्गत नेता मानन्धरको आज बिहान पशुपति आर्यघाटमा अन्तिम दाहसंस्कार गरिने पारिवारिक स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.