थप १६७ जनामा कोरोना पुष्टि, ३ जनाको मृत्यु

डिसी नेपाल
१७ चैत २०७७ १६:२१
340
Shares

काठमाडौं । मंगलबार नेपालमा थप १६७ जनामा कोरोना भाइरस संक्रमण पुष्टि भएको छ । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या २ लाख ७७ हजार १४७ पुगेको छ ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार नेपालमा सक्रिय संक्रमितको संख्या १३ सय ९० रहेको छ । पछिल्लो २४ घण्टामा ११५ जना निको भएका छन् । हालसम्म संक्रमणमुक्त हुनेको संख्या २ लाख ७२ हजार ७२७ पुगेको छ । हालसम्म कोरोनाको कारण ३ हजार ३० जनाको मृत्यु भएको छ । पछिल्लो २४ घण्टामा कोरोनाबाट दुई जनाको मृत्यु भएको मन्त्रालयले जनाएको छ ।

यस्तै, हालसम्म ५३ जना क्वारेन्टीनमा रहेका छन् । हालसम्म २२ लाख ६७ हजार ४०८ जनाको पीसीआर परीक्षण गरिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.