सर्वोच्च अदालतका लागि प्रस्तावित दुई न्यायाधीशविरुद्ध सात उजुरी

डिसी नेपाल
१९ चैत २०७७ १४:१६
156
Shares

काठमाडाैं। प्रतिनिधिसभा संसदीय सुनुवाइ समितिमा सर्वोच्च अदालतको न्यायाधीश पदमा प्रस्तावित न्यायाधीशद्वय डा कुमार चुडाल र नहकुल सुवेदीविरुद्ध सातवटा उजुरी परेको छ।

सिंहदरबारमा आज बसेको समितिको बैठकमा समितिका सभापति लक्ष्मणलाल कर्णले सर्वोच्च अदालतमा प्रस्तावित न्यायाधीशद्वय डा चुडाल र सुवेदीविरुद्ध सातवटा उजुरी परेको जानकारी दिए। उनका अनुसार सात उजुरीमध्ये दुई उजुरी गोप्य रहेका छन्।

न्याय परिषद्ले सर्वोच्च अदालतका लागि न्यायाधीशद्वय डा चुडाल र सुवेदीको नाम सिफारिस गरेपछि संसदीय सुनुवाइ समितिले उनीहरु विरुद्ध कुनै उजुरी भएमा १० दिनका लागि उजुरी आह्वान गर्न समय दिएको थियो। उक्त १० दिन आज पूरा भएको छ।

बैठकले उनीहरुको उजुरी यही चैत २२ गते खोल्ने र उजुरीकर्ताको सुनुवाइ गर्ने समय तय गरेको छ भने यही चैत २५ गते प्रस्तावित दुवै न्यायाधीशको सुनुवाइ गर्ने तय गरेको छ। न्याय परिषद्ले गरेको सिफारिसमा संसदीय सुनुवाइ समितिले सुनुवाइ गर्ने संवैधानिक व्यवस्था छ। सोहीअनुसार डा चुडाल र सुवेदीको सुनुवाइ प्रक्रिया अगाडि बढिरहेको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.