इरानसँगको आणविक सम्झौताबारे छलफल गर्न अर्को हप्ता भियनामा बैठक हुने
ब्रसेल्स । विश्व शक्तिराष्ट्र र इरानले सन् २०१५ मा गरेकोे आणविक सम्झौताको विषयमा भियनामा अर्को हप्ता वार्ता गर्न शुक्रबार सहमति भएको शुक्रबार ईयूले जानकारी गराएको छ । मध्यस्थकर्ताहरूले यस विषयमा अमेरिकासँग ‘छुट्टै सम्पर्क’ भएको बताएका छन् ।
यस विषयमा ईयूले जारी गरेको विज्ञप्तिमा भनिएको छ, “वार्ताका सहभागीहरू अष्ट्रियाको राजधानी भियनामा भेट गरी नाकावन्दी हटाउनुपर्ने आणविक सम्झौतालाई कार्यान्वयन गर्नुपर्ने उपायहरू खोज्नका लागि सम्बन्धित विज्ञहरूको टोलीसहित भियनामा बस्नेछन् । बैठकको संयोजकले इरानसँगको आणविक सम्झौता (जेसीपीओए) का सहभागीहरू र संयुक्त राज्य अमेरिकाका साथ भियनामा छुट्टै सम्पर्कहरू तीव्र पार्नेछन् ।”
प्रतिक्रिया







डिसी नेपाल








Facebook Comment