माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित
फाइल फाेटाे।
काठमाडौं। आइतबार विहान बस्ने तय भएको माओवादी केन्द्रको स्थायी कमिटी बैठक स्थगित भएको छ। सरकारलाई दिएको समर्थन फिर्ता लिन बैठक बस्ने तय भएपनि अन्तिम समयमा आएर बैठक स्थगित भएको हो।
प्रमुख प्रतिपक्ष नेपाली कांग्रेसले प्रधानमन्त्री केपी शर्मा ओलीको राजीनामा माग्ने र आफ्नै नेतृत्वमा सरकार गठन गर्न पहल गर्ने औपचारिक निर्णय गरेपछि हौसियको माओवादी केन्द्रले सरकारलाई दिएको समर्थन फिर्ता लिन स्थायी कमिटी बैठक बोलाएको थियो।
तर अन्तिम समयमा आएर बैठक स्थगित भएको छ। अर्को बैठक कहिले बस्ने भन्ने बारेमा पनि केही खुलाइएको छैन।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment