फेरि अर्का शिक्षकले देखाए पैगम्बर मोहम्मदको कार्टुन, मारिने डरले त्रसित छन् अहिले
काठमाडौं। गएको अक्टोबरमा फ्रान्सका इतिहास विषयका शिक्षक सामुएल पेटीले विद्यार्थीलाई पढाउने क्रममा पैगम्बर मोहम्मदको कार्टुन देखाएपछि उनलाई एक कट्टरपन्थीले मारेका थिए । अब फेरि अर्का शिक्षक यस्तै डरले त्रसित छन् । यी शिक्षकले पनि विद्यालयमा पैगम्बर मोहम्मदको कार्टुन देखाएका थिए । २९ वर्षका यी बेलायती शिक्षकले कार्टुन देखाएपछि उनको विद्यालयअगाडि ठूलो संख्यामा प्रदर्शन भइरहेको छ ।
बेलायतको पश्चिम योर्कसायरको बेटली ग्रामर स्कुलमा पढाउने यी शिक्षककी आमा पनि निकै तनाबमा छिन् । यो प्रदर्शनपछि पूरै परिवारलाई निशाना बनाइन सक्ने डरले उनी लुकिसकेकी छिन् । यी शिक्षकका पिताका अनुसार उनका छोरा पनि निकै चिन्तित छन् र आफूलाई मारिन सक्छ भन्दै रुने गर्छन् । डेलीमेलसँग कुरा गर्दै उनले आफ्ना छोरा र स्कुलले यस विषयमा माफी मागिसकेकोले अब यो विवाद रोकिनुपर्ने बताए । रिपोर्टका अनेसार ईशनिन्दाका विषयमा पढाउँदा यी शिक्षकले फ्रान्सको लोकप्रिय पत्रिका चार्ली हेब्दोको कार्टुन देखाएका थिए । त्यसपछि कैयौं प्रदर्शनकारीले स्कुलबाहिर प्रदर्शन गरिरहेका छन् ।







डिसी नेपाल








Facebook Comment