माओवादीको आक्रमणमा २२ जना भारतीय सुरक्षाकर्मी मारिए, ३१ जवान घाइते
काठमाडौं। माओवादीको आक्रमणमा परेर कम्तीमा २२ जना भारतीय सुरक्षाकर्मी मारिएका छन् । अन्य ३१ जना जवान घाइते भएको बताइएको छ । भारतको छत्तीसगढ राज्यमा माओवादी नक्सलहिरुसँग भएको भिडन्तमा यी सुरक्षाकर्मी मारिएका हुन् । भारतीय सुरक्षा फौजले माओवादीविरुद्ध सुकमा–बिजपुर सीमा क्षेत्रमा संचालन गरेको अपरेशनमा नक्सलीसँगको भिडन्तमा २२ जवान मारिएका हुन् । १ जना अझै बेपत्ता भएको बताइएको छ ।
I bow to the sacrifices of our brave security personnel martyred while fighting Maoists in Chhattisgarh. Nation will never forget their valour. My condolences are with their families. We will continue our fight against these enemies of peace & progress. May injured recover soon.
— Amit Shah (@AmitShah) April 4, 2021
इण्डिया टुडेका अनुसार सेन्ट्रल रिजर्भ पुलिस फोर्स (सीआरपीएफ)का महानिर्देशक कुलदीप सिंह आइतबार छत्तीसगढ पुगेका छन् । नक्सलीहरुले मारिएका जवानको हतियार, बुलेटप्रुफ ज्याकेट र जुत्ता समेत लिएर भागेको रिपोर्टमा जनाइएको छ । ३१ जना घाइते जवानलाई बिजापुरको अस्पतालमा ल्याइएको छ । यीमध्ये कम्तीमा ७ जनालाई उपचारको लागि रायपुर रिफर गरिएको छ ।
22 security personnel have lost their lives in the Naxal attack at Sukma-Bijapur in Chhattisgarh, says SP Bijapur, Kamalochan Kashyap
Visuals from the Sukma-Bijapur Naxal attack site pic.twitter.com/C3VvAdvjaN
— ANI (@ANI) April 4, 2021
छत्तीसगढका पुलिस महानिर्देशक (डिजीपी) डिएम अवस्थी र सिआरपीएफका महानिर्देशक कुलदीप सिंहले इण्डिया टुडेसँग कुरा गर्दै २२ जवानको शन भेटिएको पुष्टि गरे । केन्द्रीय गृहमन्त्री अमित शाहले छत्तीसगढमा सुरक्षाकर्मी मारिएको घटनाप्रति समवेदना व्यक्त गरेका छन् । शाहले सुरक्षाकर्मीलाई एम्बुसमा पार्ने माओवादीहरुतर्फ इंगित गर्दै लेखेका छन् ‘हामी यी शान्ति र प्रगतिका दुश्मनहरुसँग युद्ध जारी राख्नेछौं ।’







डिसी नेपाल








Facebook Comment