भेनस अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्त आन्दोलित

डिसी नेपाल
२२ चैत २०७७ १९:३३
304
Shares

काठमाडौं। अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै बिरामीका आफन्तले बिहानदेखि विरोध गरेका छन्। काठमाडौंको मध्येबानेश्वरमा रहेको भेनस अस्पतालको लापरबाहीले बिरामीको मृत्यु भएको भन्दै आफन्तले आइतबार बिहानदेखि आन्दोलन गरेका हुन्।

रामेछाप घर भएकी २५ वर्षिया सरिता कार्कीको उपचारको क्रममा आइतबार बिहान करिब पाैने ९ बजेकाे समयमा मृत्यु भएकाे हाे। उनलाई शनिबार राति ११ बजे वान्ता भए पछि अस्पताल भर्ना गरिएको उनका श्रीमान केशव कार्कीले बताए।

उनले भने ‘हिजो दिउसो पसल बन्द गरेर राति वान्ता भए पछि अस्पताल भर्ना गरिएको हो। बिहान बिरामीलाई भेट्न जाँदा पनि सुरुमा अस्पताल प्राशासनले दिएको थिएन। पछि भेट्न जाँदा उनको मृत्यु भएको बताइयो। मृत्यु भएको समय पाैने ९ बजे बिहान राखिएको छ। अस्पतालको लापरवाहीले मेरो श्रीमतीकाे मृत्यु भयो। मलाई न्याय चाहियो।’

सामान्य बिरामीको एक्कासी मृत्यु भएपछि आफन्तहरु आक्रोशित भएका छन्। उनीहरुले बेलैमा डाक्टरले उपचार नगरेका कारण बिरामीको मृत्यु भएको आरोप लगाएका छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.