पूर्वसेनापति राणाको निधन

डिसी नेपाल
२२ चैत २०७७ २१:३६
1.8k
Shares

काठमाडौं । नेपाली सेनाका पूर्वप्रधानसेनापति अर्जुन नरसिंह राणाको देहान्त भएको छ । उपचारका क्रममा सैनिक अस्पताल छाउनीमा रहेका ९१ बर्षीय राणाको आइतावार साँझ देहान्त भएको हो । पृथ्वीनारायण शाहदेखिको नेपाली सेनाको नेतृत्वकर्ताको हिसावले उनी ३४औं सेनापति हुन् ।

राणाले पाकिस्तानका लागि नेपाली राजदूत पनि भएका थिए । उनी सन् १९८८ देखि १९९२ सम्म पाकिस्तानमा राजदूत थिए । पाकिस्तानको गुप्तचर संस्था आईएसआईका तत्कालीन एकजना प्रमुखले स्पाइ क्रोनिकल्स नामको पुस्तक लेख्दा नेपालका तत्कालीन राजदूत राणाको प्रसंग पनि उल्लेख गरेको र उनलाई गज्जवका राजदूत भनेको पाइन्छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.