फेसबुकका मालिक मार्क जुकरबर्ग नै फेसबुक पीडित !
काठमाडौं। केही दिनअघि फेसबुक प्रयोग गर्ने करोडौं प्रयोगकर्ताहरुको डाटा लिक भएको थियो । करिब ५३ करोड फेसबुक प्रयोगकर्ताहरुको निजी मोवाइल नम्बरसहितका व्यक्तिगत जानकारी लिक भएको थियो । यसरी जानकारी सार्वजनिक हुँदा करोडौं प्रयोगकर्ता त समस्यामा परे नै, स्वयं फेसबुकका मालिक मार्क जुकरबर्ग पनि यसका पीडित बनेका छन् । प्रयोगकर्ताको जानकारीसँग मार्क जुकरबर्गको व्यक्तिगत जानकारी पनि लिक भएको छ ।
यसरी डाटा लिक हुँदा मार्क जुकरबर्गको मोवाइल नम्बरसमेत लिक भएको छ । यस्तै जुकरबर्गले मेसेन्जिङ एप सिग्नल प्रयोग गर्ने पनि खुलासा भएको छ । इनसाइडरका अनुसार सुरक्षासम्बन्धी अनुसन्धानकर्ता डेभ वाकरले जुकरबर्गले लिक भएको नम्बरमार्फत सिग्नल एप प्रयोग गर्ने खुलासा गरेका छन् । वाकरले जुकरबर्गको लिक भएको नम्बर एक स्क्रिनशटमार्फत देखाएका छन् । फेसबुकको डाटा लिक हुँदा प्रयोगकर्ताको आइडी, मोवाइल नम्बर, इमेल, ठेगाना, जन्ममिति र वैवाहिक स्थिति जस्ता जानकारी लिक भएका छन् ।
यस वर्षको सुरुवातमा फेसबुककै स्वामित्व रहेको अर्को सामाजिक संजाल ह्वाट्सएपको गोपनीयता नीति २०२१ को पनि निकै विरोध भएको थियो । यस्तोमा फेसबुकका सीइओ मार्क जुकरबर्गले अर्कै कम्पनीको मेसेन्जिङ एप प्रयोग गर्नु पनि निकै विवादित हुनसक्छ । जुकरबर्गले फेसबुकको सुरक्षामा आफैंले विश्वास नगरेर अर्कै एप प्रयोग गरेको आरोप लाग्न सक्छ ।







डिसी नेपाल








Facebook Comment