भारतमा कोरोनाको दोस्रो लहर पहिलोभन्दा डरलाग्दो, नयाँ स्ट्रेनको संक्रमणमा लक्षण पनि नयाँ

डिसी नेपाल
२५ चैत २०७७ १५:५८
708
Shares

काठमाडौं। भारतमा कोरोनाभाइरसको दोस्रो लहर पहिलो लहरभन्दा डरलाग्दो रुपमा अगाडि आएको छ । अहिले भारतमा दोस्रो लहर झनै बढ्दो रुपमा छ । पहिलो लहरको पीक १७ डिसेम्बरका दिन बनेको थियो जुन दिन २४ घण्टामा ९७ हजार नयाँ केस थपिएका थिए । यसको तुलनामा दोस्रो लहरमा अप्रिल ४ मा १ लाख ३ हजार र ६ अप्रिलमा १ लाख १५ हजार नयाँ केस थपिएका छन् ।

अर्कोतर्फ अहिले भारतमा कोरोनाभाइरसको नयाँ स्ट्रेन सक्रिय छ । दुई पटक म्युटेट भएको बताइएको यो स्ट्रेनको संक्रमणपछि लक्षणहरु पनि नयाँ देखिएका छन् । नयाँ स्ट्रेनको संक्रमणपछि पेट दुख्ने, बान्ता हुने, जोर्नीहरु दुख्ने, कमजोरी, भोक नलाग्ने जस्ता नयाँ लक्षण देखिएका छन् । विश्व स्वास्थ्य संगठनका अनुसार फरक फरक मानिसहरुमा फरक फरक लक्षण देखिएका छन् । धेरैजसोलाई माइल्डदेखि मोडरेटसम्मको लक्षण देखिएका छन् र उनहिरु अस्पताल भर्ना नभइ ठिक भइरहेका छन् ।

आम रुपमा मानिस भाइरसबाट संक्रमित भएको ५–६ दिनमा यी लक्षण देखिएका छन् । केही थोरै केसहरुमा भने यी लक्षण १४ दिनसम्म ढिलो गरी देखिएका छन् । भारत सरकारको स्वास्थ्य मन्त्रालयका अनुसार देशका १८ राज्यमा भाइरसको नयाँ भेरिएन्ट पाइएको छ जो पहिलेकोभन्दा खतरनाक छ । भारतमा महाराष्ट्रबाट फैलिएको दोहोरो म्युटेट भएको स्ट्रेन पनि फैलिइरहेको छ ।

भारतमा नयाँ संक्रमणका विषयमा भएको अध्ययनमा परिवर्तिन स्ट्रेनका कारण लक्षण पनि फेरिएको पाइएको छ । अब ज्वरो, थकान, सुख्खा खोकी, स्वाद वा गन्ध थाहा नपाउनु मात्रै कोरोनाको लक्षण होइन । पेट दुख्ने, वाकवाकी लाग्ने, बान्ता हुने भोक नलाग्ने जस्ता लक्षण देखिएका छन् ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.