जागिरबाट निकालिएको रिसमा कर्मचारीले पसलभित्रै मनपरी गाडी दौडाइदिए
काठमाडौं। जागिरबाट निकालिनु कुनै पनि व्यक्तिको लागि अपमानजनक हुन्छ । केही मानिसहरु जागिरबाट निकालिएपछि चुपचाप जान्छन्, केहीले भने यो अपमान सहन सक्दैनन् र आफूलाई जागिरबाट निकाल्नेसँग बदला लिन खोज्छन् । केहीले तत्कालै प्रतिवाद गर्छन् । अमेरिकामा एक व्यक्तिलाई वालमार्टले जागिरबाट निकालेपछि ती व्यक्तिले रिसमा स्टोरको गेट भत्काउँदै पसलभित्र कार घुसाइदिए र पसललाई तहस नहस गर्ने कोसिस गरे ।
घटना अमेरिकाको नर्थ क्यारोलिनाको कनकर्डमा थण्डर रोडस्थित वालमार्ट स्टोरको हो । ३२ वर्षका आरोपीले रिसमा स्टोरको गेट भत्काउँदै कार भित्र घुसाइदिए र त्यहाँ तहसनहस गर्ने कोसिस गरे । पुलिसले त्यहाँ गएर आरोपीलाई गिरफ्तार गरेको छ । ती व्यक्तिमाथि सरकारी अधिकारीलाई घातक हतियारले आक्रमण गरेको र स्टोरलाई नोक्सान पुर्याएको आरोप छ । फक्सफाइभ न्यूयोर्कका अनुसार आरोपीको नाम जेन्ट्री हो ।
जागिरबाट निकालिएपछि जेन्ट्री त्यो दिन घर फर्किएका थिए । भोलिपल्ट बिहान कार लिएर स्टोरमा फर्किए, त्यहाँ उनले स्टोरको गेट भत्काउँदै कार लिएर भित्र पुगे । कनकर्ड पुलिस विभागले एक विज्ञप्तिमा यसको जानकारी दिएको छ । पुलिसले आरोपी जेन्ट्रीको तस्वीर पनि सार्वजनिक गरेको छ । पुलिसका अनुसार घटनामा कसैलाई चोट लागेको छैन तर सामान भने धेरै क्षति भएको छ ।







डिसी नेपाल








Facebook Comment