गोली प्रहारबाट अमेरिकामा ५ जना मारिए

डिसी नेपाल
२६ चैत २०७७ २०:०२
1.9k
Shares

वाशिङ्टन (एजेन्सी)। अमेरिकामा अन्धाधुन्ध गोली प्रहारबाट ५ जना मारिएका छन्। अमेरिकाको साउथ करोलिना रक हिलमा एकजना बन्धुकधारीले अन्धाधुन्ध गोली चलाउँदा २ बालबालिकासहित ५ जनाको मृत्यु भएको योर्क काउन्टीका अधिकारीहरुले जानकारी दिएका छन्।

घटनामा अन्य ६ जना घाइते भएको जनाइएको छ। प्रहरीले शंकास्पद बन्धुकधारीलाई पक्राउ गरेको योर्क काउन्टीले जनाएको छ। तर, पक्राउ परेका व्यक्तिबारे भने प्रहरीले केही जानकारी दिएको छैन। र गोली किन प्रहार गरियो भन्ने विषयमा पनि जानकारी दिइएको छैन। अमेरिकामा यसप्रकारका घटनाहरु भइरहन्छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.