उडिरहेको जहाजमा यात्रुले सर्वाङ्ग नाङ्गै भएर तमाशा गरेपछि जहाजको आकस्मिक अवतरण

डिसी नेपाल
२८ चैत २०७७ १०:०८
4.2k
Shares

काठमाडौं। एयर एसियाको उडिरहेको जहाजमा एक यात्रुले सबै कपडा खोलेर नाङगै भएर हंगामा गर्न थालेपछि जहाजको आकस्मिक अवतरण गर्नुपरेको छ । एयर एसियाको उडान नम्बर आइ ५–७२२ का यात्रुहरुले यस्तो अभूतपूर्व घटनाको सामना गर्नुपरेको हो । हिन्दूस्तान टाइम्समा प्रकाशित समाचार एजेन्सी एएनआइको रिपोर्टअनुसार यो जहाज मंगलबार बैंगलोरबाट दिल्ली जाँदै थियो ।

विमानमै भएका अर्का एक यात्रुले एएनआइसँग भने ‘सुरुमा ती व्यक्तिले क्याबिन क्रुसँग लाइफ ज्याकेटका विषयमा झगडा गरेका थिए । त्यसपछि उनले ती क्रु सदस्यसँग दुर्व्यवहार गरे र अचानक आफ्नो सबै कपडा खोले ।’ एयर एसियाका प्रवक्ताले घटनाको पुष्टि गर्दै भने ‘आइ ५–७२२ मा अप्रिल ६ का दिन बैंगलोरबाट दिल्ली जाने क्रममा एक यात्रुले क्याबिन क्रुसँग दुर्व्यवहार गरेका थिए । ती यात्रुलाई पटक पटक अनुरोध गर्दा पनि नमानेपछि कारवाही गरिएको थियो ।’

एयर एसियाका एक क्याबिन सदस्यले यात्रुहरुको सहायतामा ती यात्रुलाई नियन्त्रण गरेर पाइलटलाई यो घटनाबारे जानकारी गराएका थिए । त्यसपछि पाइलटले यसबारे दिल्लीको एयर ट्राफिक कन्ट्रोललाई जानकारी गराएका थिए । पाइलटले एटिसीसँग प्राथमिकता अवतरणको अनुरोध गरेका थिए । अवतरणपछि ती यात्रुलाई पुलिसको जिम्मा लगाइएको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.