अमेरिकाले भारतलाई हेप्यो

डिसी नेपाल
२८ चैत २०७७ ११:३६
1.1k
Shares

काठमाडौं। अमेरिकाले भारतलाई हेपेको छ । अमेरिकाले बिना पूर्व सूचना भारतको विशेष आर्थिक क्षेत्रमा हस्तक्षेप गर्दै कुनै पनि पूर्व अनुमति बिना यस क्षेत्रमा अभयास खरेको बताएको छ । अमेरिकाले समुद्रमा आवतजावतको स्वतन्त्रता अर्थाथ फ्रिडम अफ नेभिगेसनको प्रयोग गर्दै भारतीय क्षेत्रमा अभ्यास गरेको बताएको छ । अमेरिकी नौसेनाले यसको घोषणा गरेसँगै भारतले यसको जाँच गरिरहेको जनाएको छ ।

समाचार एजेन्सी आइएएनएसका अनुसार एक भारतीय अधिकारीले यो सामान्य आवतजावत भए कुनै आपत्ति नहुने तर यो बिना सूचना गरिएको अपरेशनल एक्सरसाइज भएमा यसलाई अन्तर्राष्ट्रिय मञ्चमा उठाइने बताएका छन् । अमेरिकाले ७ अप्रिलमा जारी गरेको आधिकारिक बयान अनुसार अमेरिकी युद्धपोत युएसएस जोन पल जोन्सले समुद्रमा आवागमनको स्वतन्त्रताको प्रयोग गर्दै लक्ष्यद्विपबाट १३० नटिकल माइल पश्चिममा पट्रोलिङ गरेको थियो । यो भारतको विशेष आर्थिक क्षेत्र हो ।

अमेरिकाले जारी गरेको बयानअनुसार यो पट्रोलिङ भारतसँग पूर्व स्वीकृति नलिइ गरिएको थियो । ‘भारतले आफ्नो विशेष आर्थिक क्षेत्र वा महाद्विपीय शेल्फमा सैन्य अभ्यासको लागि पूर्व स्वीकृति लिनुपर्ने बताउँछ जो अन्तर्राष्ट्रिय कानुनको उल्लंघन हो’ अमेरिकाले जारी गरेको बयानमा भनिएको छ । भारतीय अधिकारीहरुले अमेरिकाको तर्फबाट यस्तो बयान जारी हुनु आश्चर्यजनक भएको बताएका छन् ।

भारतीय कानुनअनुसार भारतको विशेष आर्थिक क्षेत्र वा समुद्री क्षेत्रमा २ सय नटिकल माइलको दूरीसम्म कुनै पनि गतिविधिको लागि पूर्व स्वीकृति लिनुपर्छ । अमेरिकाले समुद्रमा स्वतन्त्रतापूर्वक आवागमन गर्न पाउने अधिकार प्रयोग गरेर भारतले समुद्री क्षेत्रमा गर्ने दावीलाई चुनौती दिइएको बताएको छ । अमेरिकाले विगतमा पनि आफूले यस्तो गरिरहेको र भविष्यमा समेत गरिरहने भन्दै भारतलाई ठाडो चुनौती दिएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.