सगरमाथा आरोहणमा रहेका बहराइनका राजकुमार बेस् क्याम्प पुगे

डिसी नेपाल
२८ चैत २०७७ १५:५०
132
Shares

काठमाडौं। सगरमाथा आरोहणमा रहेको बहराइनका राजकुमार शेख नसेर बिन अमिद अल खलिफासहितको टोली ऐभेरष्ट बेस् क्याम्प पुगेको छ। राजकुमार खलिफाससिहतको १६ सदस्यीय टोली शुक्रबार दिउँसो बेस्क्याम पुगेको हो।

उनीहरु त्यहाँ एक हप्ता रेस्ट र तालिम सकेर सगरमाथा आरोहणको सुरुवत गर्ने सेभेन समिट ट्रेकका अध्यक्ष मिङ्मा शेर्पाले डिसी नेपाललाई जानकारी दिए। शेर्पाका अनुसार राजकुमारसहितको टोली एक हप्तापछि क्याम्प वान चढ्ने छ।

त्यसपछि क्याम टु सम्म पुगेर फेरी ऐभेरष्ट बेस् क्याम फर्कने छ। केही दिन बेस क्याम्पमा आराम गरेर टोलीले सगरमाथा आरोह गर्ने छ। सगरमाथा आरोहणका लागि राजकुमार खलिफासहितको टोली गत चैत २ गते नेपाल आएको हो।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.