करोडौं रुपैयाँ देखेपछि महिलाको मनमा पाप पलायो, आफ्नै श्रीमानलाई जिउँदै जलाएर मारिन्

डिसी नेपाल
२८ चैत २०७७ १७:२३
8.1k
Shares

काठमाडौं। पैसाले कैयौं मानिसहरुको नियत बदलिन्छ । तर, एक महिलालाई पैसाले यो हदसम्म अन्धो बनायो कि उनले त्यो पैसा हात पार्नको लागि आफ्ना श्रीमानलाई जिउँदै आगो लगाएर मारिन् । महिलाले श्रीमानको बिमाको रकम हात पार्नको लागि श्रीमानलाई जिउँदै जलाएर मारेपछि दुर्घटनामा उनको मृत्यु भएको झुटो दावी गरेकी थिइन् ।

भारतको तमिलनाडुको इरोड जिल्लाको पेरुन्दुरइमा बस्ने ६२ वर्षका रंगराजनलाई उनकी श्रीमतीले पैसाको लागि जिउँदै जलाएर मारेको खुलासा भएको टाइम्स अफ इण्डियाले जनाएको छ । यो अपराधको लागि ती महिलाले एक जना आफन्तलाई पनि साथमा मिलाएकी थिइन् । ५७ वर्षकी महिला ज्योति मणि र उनलाई साथ दिने ४१ वर्षका राजालाई पुलिसले पक्राउ गरेको छ ।

रंगराजनले पावर लुम र रियलस्टेटको कारोबार गर्थे । केही समयअघि मात्रै उनी दुर्घटनामा परेका थिए र अस्पतालमा उनको उपचार भइरहेको थियो । यही बीचमा उनकी पत्नी ज्योति मणि र आफन्त राजा अस्पताल गएर उनलाई डिस्चार्ज गराए । त्यसपछि उनीहरुले रंगराजनलाई ओमनी भ्यानमा राखेर लिएर हिँडे । उनीहरुले पहिले नै रंगराजनको हत्याको योजना बनाइसकेका थिए । बाटोमा उनीहरुले गाडीमा आगो लगाएर रंगराजनलाई जिउँदै जलाएर मारे ।

उनीहरु आफैंले पुलिसलाई खबर गरे र दुर्घटना भएको जानकारी दिए । उनीहरुले रंगराजनलाई लिएर घर जाँदै गर्दा पेरुमानल्लुरनजिकै पुग्दा गाडीमा अचानक आगो लागेको त्यसपछि आफूहरु भागेर ज्यान बचाएको तर रंगराजनलाई निकाल्न नसकेको बयान दिएका थिए । तर, उनीहरु दुई जनाको बयानमा केही फरक पाइएपछि पुलिसले उनीहरुमाथि शंका गरेको थियो । जाँचमा एक पेट्रोल पम्पबाट राजाले पेट्रोल किनेको पाइएपछि पुलिसको शंका बढेको थियो ।

पुलिसले कडाइका साथ सोधपुछ गर्दा उनीहरुले वास्तविकता स्वीकार गरे । महिलाका अनुसार रंगराजनका तीन बिमा थिए जसवापत उनले साढे ३ करोड रुपैयाँ पाउँथे । रंगराजनको यो बिमाको लाभग्राही स्वयं ज्योति मणि थिइन् । रंगराजनले विभिन्न मानिसहरुलाई डेढ करोड रुपैयाँ तिर्नुपर्ने ऋण पनि थियो र ती व्यक्तिहरुले पैसा दिनको लागि दबाब दिइरहेका थिए । यही पैसा पाउनको लागि उनीहरुले यस्तो योजना बनाएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.