भारतमा एकै दिन झण्डै एक लाख ५३ हजार सङ्क्रमित

डिसी नेपाल
२९ चैत २०७७ १३:३३
164
Shares

नयाँ दिल्ली। भारतमा कोरोनाभाइरसबाट एकै दिनमा डेढ लाखभन्दा बढी सङ्क्रमित भएका छन्। एकै दिनमा यति धेरै सङ्क्रमित भएको यो पहिलो पटक भएको स्वास्थ्य अधिकारीहरुले आइतबार जानकारी दिएका छन्।

उनीहरुका अनुसार पछिल्लो २४ घण्टामा भारतमा एक लाख ५२ हजार ८७९ जना सङ्क्रमित भएका हुन्। भारतमा पछिल्लो केही हप्तादेखि दैनिक सङ्क्रमितहरुको सङ्ख्यामा तिव्र बृद्धि हुँदै आएको छ भने पछिल्ला केही दिनदेखि दैनिक एक लाखभन्दा बढी सङ्क्रमित भएका छन्।

केन्द्रीय स्वास्थ्य तथा परिवार कल्याण मन्त्रालयले भारतमा अहिलेसम्म कुल सङ्क्रमितको सङ्ख्या एक करोड ३३ लाख ५८ हजार ८०५ पुगेको जनाएको छ।

पछिल्लो २४ घण्टामा भारतमा कोरोनाभाइरसबाट सङ्क्रमित भएका मध्ये ८३९ जनाको मृत्यु भएको छ। योसँगै कोरोनाका कारण मृत्यु भएकाहरुको कुल सङ्ख्या एक लाख ६९ हजार २७५ पुगेको छ।

भारतमा ११ लाख आठ हजार ८७ जना अहिले पनि सङ्क्रमित अवस्थामै रहेका छन्। मन्त्रालयले सार्वजनिक गरेको विवरण अनुसार यसअघि गत शनिबार एकै दिनमा एक लाख ४५ हजार ३८४ जना सङ्क्रमित भएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.