राजकुमार फिलिपको अन्तिम संस्कारमा नातिनी बुहारी मेगन मर्केल सहभागी हुन नपाउने !

डिसी नेपाल
२९ चैत २०७७ १६:५५
4.4k
Shares

काठमाडौं। बेलायती महारानीका श्रीमान, ड्युक अफ एडिनबरा राजकुमार फिलिपको अन्तिम संस्कारमा उनकी नातिनी बुहारी मेगन मर्केल सहभागी हुन नपाउने भएकी छिन् । ड्युकका नाती राजकुमार ह्यारीकी पत्नी मेगनले अन्तिम संस्कारमा सहभागी हुनको लागि हरसम्भव प्रयास गरेको तर डाक्टरहरुले उनलाई यात्रा नगर्न भनेको बकिंघम राजदरबारका एक बरिष्ठ प्रवक्तालाई उद्धृत गर्दै बेलायती अखबार द सनले जनाएको छ ।

मेगन मर्केल गर्भवती छिन् र यही कारण उनलाई यात्रा नगर्न भनिएको छ । मेगन अहिले राजकुमार ह्यारीको साथमा अमेरिकाको क्यालिफोर्नियामा बस्दै आएकी छिन् । उनका श्रीमान राजकुमार ह्यारी भने अन्तिम संस्कारमा सहभागी हुन जानेछन् । मेगनले अन्तिम संस्कारमा जानको लागि सकेसम्म प्रयास गरेको तर आफ्ना डाक्टरबाट ‘मेडिकल क्लियरेन्स’ नपाएको समाचारमा जनाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.