लहानमा अर्को सुन पसल लुटपाटको घटना

डिसी नेपाल
३० चैत २०७७ २३:५८
136
Shares

काठमाडौं। सिराहाको लहान बजारमा रहेको एक सुनचाँदी व्यवसायीको पसलबाट सुनचाँदी लुटपाट भएको छ। सोमबार साँझ स्थानीय व्यवसायी राजेश सारडाको सुन पसल लुटपाट भएको सिराहाका एसपी सुदीप राजभण्डारीले बताए। उनका अनुसार सुनचाँदी लुटेर बा१०च ९३०२ नं को भागेको गाडीलाई प्रहरी नियन्त्रणमा लिएको छ। गाडीभित्र लुटपाट गरिएको सुन समेत बरामद भएको छ।

एसपी राजभण्डारीका अनुसार लुटेराले राजेशको घरमा भएको सुनसहितको लकर उनकै गाडीमा राखेर लगेका थिए। सुन लुट्ने समूहको अहिलेसम्म पहिचान खुल्न सकेको छैन। प्रहरीले पिछा गरेको थाह पाएपछि लुटेरा समूहले गाडी छाडेर भागेका थिए। राजेशले पसल बन्द गर्न लागेको अवस्थामा राजेशको हातबाट चाबी थुतेर सुनचाँदी लुटेर उनकै गाडीमा राखी भागेका थिए।

यसअघि शनिबार राति लहान नगरपालिका–१३ गढियाचोक स्थित अमिता ज्वेलर्सका संचालक प्रदीप विश्वकर्मालाई गोली हानी हत्या गरी पसलमा रहेको सुन चाँदी र नगद लुटपाट भएको थियो।

हतियारधारी समूह राजेश सारडाको घरमा प्रवेश गरी उनका पिता भगिरथ सारडा र श्रीमतीको कन्चटमा पेस्तोल तेर्साएर सुनचाँदी लुटेका थिए। लुटेरा समूहको प्रतिकार गर्दा दुबैलाई आक्रमण गरी घाइते बनाएको पनि प्रहरीले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.