राजकुमार ह्यारीले बिहे गर्छु भनेर धोका दिएको भन्दै अदालतमा मुद्दा
काठमाडौं। बेलायती राजकुमार ह्यारी मिडलटन अहिले शोकमा छन् । उनका हजुरबुवा, ड्युक अफ एडिनबरा राजकुमार फिलिपको निधन भएको छ र ह्यारी हजुरबुवाको अन्तिम संस्कारका लागि अमेरिकाबाट बेलायत पुगेका छन् । यही बेला एक महिला वकिलले भने राजकुमार ह्यारीले आफूसँग बिहे गर्छु भनेर धोका दिएको भन्दै अदालतमा मुद्दा हालिन् । उनले राजकुमार ह्यारी मिडलटनलाई पक्राउ गर्न माग गरेकी थिइन् ।
यी महिला भारतीय हुन् । उनले भारतकै पंजाब र हरयाणा उच्च अदालतमा मुद्दा हालेकी थिइन् । अदालतले भने उनको यो मुद्दा खारेज गरिदिएको छ । लाइभ लको रिपोर्ट अनुसार ती महिलाले अदालतमा दायर गरेको मुद्दामा राजकुमार ह्यारीले सामाजिक संजालमार्फत आफूसँग विवाह गर्ने बाचा गरेको दावी गरेकी थिइन् ।
उनले राजकुमारले आफ्नो बाचा तोडेकोले अब विवाहमा ढिलाइ नहोस् भन्ने सुनिश्चित गर्न राजकुमारलाई पक्राउ गरिदिन माग गरेकी थिइन् । अदालतले बेलायती प्रहरीलाई राजकुमारलाई पक्राउ गर्न आग्रह गरिदिनुपर्ने उनको माग थियो ।
अदालतले उनको मुद्दा खारेज गर्दै यो सामाजिक संजालमा झुक्याइएको घटना भएको बताएको छ । अदालतले भनेको छ ‘सबैलाई थाहा छ कि सामाजिक संजालहरु फेसबुक, ट्वीटरमा फर्जी आइडी बनाइन्छ र यी आइडीबाट भएको कुराकानीलाई अदालतमा प्रमाणको रुपमा पेश गर्न सकिँदैन । सम्भावना छ कि कथित प्रिन्स ह्यारी पंजाबको कुनै गाउँको साइबरमा बसेर यस्तो गरिरहेको होला ।’
अदालतले अगाडि भनेको छ ‘महिलाद्वारा दायर याचिकामा सुनुवाइको कुनै आधार छैन । अदालतले केवल याचिकाकर्ताप्रति सहानुभूति प्रकट गर्न सक्छ जसले कथित प्रिन्स ह्यारीमाथि विश्वास गरिन् कि उनको कुराकानी सत्य हो ।’ अदालतले यसलाई दिउँसो सपना देख्नुजस्तो भएको बताएको छ ।







डिसी नेपाल








Facebook Comment