चार देशका राजदूतद्वारा ओहोदाको प्रमाणपत्र प्रस्तुत

डिसी नेपाल
३ वैशाख २०७८ १६:२७
60
Shares

काठमाडौं । राष्ट्रपति विद्यादेवी भण्डारीसमक्ष चार देशका राजदूतले आ–आफ्नो ओहोदाको प्रमाणपत्र प्रस्तुत गरेका छन् ।

राष्ट्रपति भवनमा शुक्रबार अपराह्न आयोजित विशेष समारोहमा नेपालका लागि जापानका राजदूत किकुता युताका, डेनमार्कका राजदूत फ्रेडी भाने, ग्रीसका राजदूत डाइनोसिसोज क्याभितोस र बल्गेरियाका राजदूत इलोनोरा दिमित्रोभाले ओहोदाको प्रमाणपत्र पेश गरेका हुन् ।

युताका आवासीय र अन्य देशका राजदूत गैरआवासीय हुन् । सो अवसरमा परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, प्रधानसेनापति पूर्णचन्द्र थापा, परराष्ट्र सचिव भरतराज पौड्याललगायत राष्ट्रपतिको कार्यालय र परराष्ट्र मन्त्रालयका उच्च अधिकारीको उपस्थिति थियो । रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.