मौसम प्रतिकूलताको प्रभाव हवाई उडानमा, ४ अन्तर्राष्ट्रिय उडान डाइभर्ट

डिसी नेपाल
३ वैशाख २०७८ १९:१४
1.1k
Shares

काठमाडौं। शुक्रबार काठमाडौको मौसममा आएको प्रतिकूलताले हवाई उडान प्रभावित भएको छ। शुक्रबार अपरान्हपछि काठमाडौं उपत्यकाको मौसम खराब भएको थियो। मघगर्जनसहित वर्षा भएपछि काठमाडौंस्थित त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा विमान अवतरण गर्न सक्ने अवस्था बनेन।

विमानस्थल स्रोतका अनुसार मौसमका कारण ४ वटा अन्तर्राष्ट्रिय उडानहरु भारततर्फ डाइभर्ट गरिएको छ। डोमेस्टिक उडानसमेत प्रभावित भएका छन्।

विमानस्थल स्रोतका अनुसार साउदीको दमामबाट काठमाडौंका लागि उडेको हिमालय एयरलाइन्स र नयाँ दिल्लीबाट आएको एयर इण्डियाको विमानलाई भारतको वनारस डाइभर्ट गरिएको छ भने कतारको दोहाबाट आएको कतार एयरवेजको विमान कोलकाता डाइभर्ट गरिएको छ।

उता दिल्लीबाट उडेको नेपाल एयरलाइन्सको विमान दिल्ली नै फिर्ता पठाइएको छ।

आन्तरितकतर्फ ७ वटा जहाज डाइभर्ट गरिएको विमानस्थल स्रोतले जनाएको छ। ६ वटा बुद्ध एयरका जहाज र एउटा यति एयरको जहाज डाइभर्ट गरिएको विमानस्थल स्रोतले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.