विश्व रेकर्ड राख्न एकै घरका तीन बहिनी सगरमाथा आरोहण गर्दै

डिसी नेपाल
४ वैशाख २०७८ १२:०३
212
Shares

काठमाडौं। एकै परिवारका तीन जना दिदीबहिनीहरुले विश्वका सबै महादेशका अग्ला शिखरको आरोहण गर्ने उद्देश्यसहित सगरमाथा आरोहण सुरु गरेका छन्। विश्वको सर्वोच्च शिखर सगरमाथासहित सबै महादेशका अग्लो शिखरहरुको आरोहण गरी विश्वमा नयाँ रेकर्ड कायम गर्ने उद्देश्य लिएका ‘थ्री सिष्टर अन सेभेन समिट अभियान टोली’ हाल लोबुचे हिमाल आरोहणका लागि लुक्ला पगेको छ।

लाेबुचे हिमाल आरोहणका लागि ‘थ्री सिष्टर अन सेभेन समिट अभियान टोली’ शनिबार हेलिकोप्टरमार्फत लुक्ला विमानस्थल पुगेको टोलीका लिडर दावा फुुटी शेर्पाले डिसी नेपाललाई जानकारी दिए।

दाेलखाको गौरीशंकर गाउँपालिका वडा नम्बर नौं निवासी एकै परिवारका दिदीबहिनीहरु निमा जाङ्बुु शेर्पा, छिरिङ नाम्गे शेर्पा र दावा फुुटी शेर्पाले विश्वको सर्वोच्च शिखर सगरमाथासहित सबै महादेशका अग्ला शिखरहरुको आरोहण गरी विश्वमा नयाँ रेकर्ड कायम गर्ने उद्देश्य लिएका छन्।

उनीहरुले लोबुचे आरोहण पछि सगरमाथा आरोहण गर्ने शेर्पाले बताइन। उनीहरुले मे महिनाको अन्तिममा सगरमाथा आरोहण गर्ने योजना बनाएका छन्।

यसअघि बिहीबार सूचना तथा सञ्चार प्रविधिमन्त्री पार्वत गुरुङले सफल आरोहणको लागि शुभकामना दिएर विदाई गरेका थिए। उक्त कार्यक्रममा बोल्दै मन्त्री गुरुङले नयाँ रेकर्ड कायम गरी विश्वमाझ नेपालको मान, शान र प्रतिष्ठालाई अझै उचो बनाउने यस अभियानमा आफू सक्दो सहयोग गर्ने प्रतिबद्धता समेत जनाएका थिए।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.