कोहलपुर दुर्घटनाका मृतक पाँचैको सनाखत

डिसी नेपाल
४ वैशाख २०७८ १२:१९
112
Shares

काेहाेलपुर । शुक्रबार साँझ बाँकेको कोहलपुर नजिकै पूर्वपश्चिम राजमार्गमा भएको सडक दुर्घटनाका मृतक पाँचै जनाको सनाखत भएको छ।

मृत्यु हुनेमा बाँकेको कोहलपुर नगरपालिका–१२ निवासी २१ वर्षीय उदय बाठा, कोहलपुर–१३ निवासी २५ वर्षीय खगेन्द्रबहादुर सुनार, सुर्खेत साटाखानी– ७ का ४१ वर्षीय जीवनकुमार विक, झापा मेची नगरपालिका– १० का ४५ छत्रबहादुर कटवाल र सिराह सुखीपुर गाउँपालिका–३ निवासी ३२ वर्षीया अम्बिका कान्ति रहेको इलाका प्रहरी कार्यालय कोहलपुरका प्रमुख प्रहरी नायब उपरीक्षक रवीन्द्र खनालले जानकारी दिए।

अम्बिकासँगै रहेकी डेढ वर्षीया छोरीलाई शिक्षण अस्पताल कोहलपुरमा सुरक्षितरुपमा राखिएको छ। दुर्घटनामा घाइते भएका ३७ जनामध्ये तीन जनाको अवस्था गम्भीर रहेको छ भने पाँच जनाको अवस्था सामान्य रहेको छ। सामान्य घाइते २९ जनालाई शिक्षण अस्पतालले घर पठाएको छ।

सुर्खेतबाट धरानतर्फ जाँदै गरेको मे १ ख ३३४७ नम्बरको यात्रुबाहक बस र ‘अनटेस्ट’ मालबाहक टिपर कोहलपुर–१३ स्थित रोहिणी खोला नजिकै बाँके राष्ट्रिय निकुञ्ज सडक खण्डमा एकापसमा ठोकिएका थिए।रासस




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.