विद्यालय बन्द गर्न सिसिएमसीको फेरि सिफारिस

डिसी नेपाल
४ वैशाख २०७८ १७:४१
356
Shares

काठमाडौं। कोभिड संकट व्यवस्थापन केन्द्र (सिसिएमसी)ले कोरोना अति प्रभावित जिल्लाहरुमा विद्यालयहरु बन्द गर्न सिफारिस गरेको छ। सिसिएमसी निर्देशक समितिको शनिबार बसेको बैठकले विद्यालयबारे निर्णय लिएको हो। सिसिएमसीको सिफारिसबारे मन्त्रिपरिषदले निर्णय लिएपछि लागू हुनेछ।

स्वास्थ्य मन्त्रालय र शिक्षा मन्त्रालयबीच विद्यालयबारे परस्पर विरोधी आग्रह भइरहेका सिसिएमसीले अति प्रभावित जिल्ला तथा ठूला सहरमा विद्यालय बन्द गर्नुपर्ने सिफारिस गरेको हो। निजी विद्यालय सञ्चालकहरुले विद्यालय बन्द नगर्न सरकारलाई दबाब दिएपछि यसअघि पनि सिसिएमसीले विद्यालय बन्द गर्न गरेको सिफारिसबारे मन्त्रिपरिषदले निर्णय गर्न सकेको थिएन।

कोरोना संक्रमण तिब्ररुपमा बढेपछि सिसिएमसीले दोहोर्याएर विद्यालय बन्द गर्न सिफारिस गरेको हो। सिरिएमसीले बैशाख मशान्तसम्म विद्यालय बन्द गर्न सिफारिस गरेको सिसिएमसीका सदस्य सदचिब खगराज बरालले जानकारी दिए। उनले विद्यालयहरुमा वैकल्पिक व्यवस्था गरेर भए पनि विद्यालय बन्द गर्नुपर्ने बताए। उनले स्वास्थ्य मन्त्रालयबाट आएको प्रस्तावमाथि छलफल गरि निर्णय गरिएको बताए।

उनका अनुसार स्वास्थ्य सम्बन्धी थप मापदण्ड पनि सिफारिस गरिएको बताए।

नेपालमा पछिल्ला दिनहरुमा कोरोना संक्रमण तिब्र रुपमा बढिरहेको छ। संक्रमित मध्ये अधिकांश विद्यार्थी छन्। विद्यालयमा कोरोना संक्रमण फैलिए पनि निजी विद्यालय सञ्चालकहरु भने विद्यालय बन्द गर्न नहुने पक्षमा छन्।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.