नेदरल्याण्डले टस जितेर ब्याटिङ गर्दै, पावरप्लेमा १ विकेट गुमाएर ४५ रन

डिसी नेपाल
५ वैशाख २०७८ १२:४४
128
Shares

काठमाडौं। नेपाल, नेदरल्याण्ड र मलेसियाबीच किर्तिपुर मैदानमा जारी टि–२० सिरिजको दोस्रो दिन आज मलेसिया र नेदरल्याण्ड भिड्दैछन् । आजको खेलमा नेदरल्याण्डले टस जितेर पहिले ब्याटिङ रोजेको छ । उसले पावरप्लेको समाप्तिसम्म १ विकेट गुमाएर ४५ रन बनाएको छ । म्याक्स ओडोड (२६) र स्कट एडवार्डस (१५) क्रिजमा छन् ।

हिजो भएको उद्घाटन खेलमा नेपालले नेदरल्याण्डलाई ९ विकेटले पराजित गरेको थियो । नेदरल्याण्डले दिएको १३७ रनको लक्ष्य नेपालले ३० बल बाँकी छँदै भेट्टाएको थियो । नेपालका लागि हिजोको खेलमा डेब्यू गरेका कुशल भुर्तेल र आसिफ शेख दुवैले अर्धशतक बनाएका थिए ।

नेपाल, नेदरल्याण्ड र मलेसियाबीच हुने यो त्रिदेशीय सिरिजमा कूल ७ अन्तर्राष्ट्रिय टि–२० हुनेछन् । आज मलेसिया र नेदरल्याण्ड, सोमबार नेपाल र मलेसिया, मंगलबार नेपाल र नेदरल्याण्ड, बुधबार मलेसिया र नेदरल्याण्ड तथा बिहीबार नेपाल र मलेसियाबीच खेल हुनेछ । शुक्रबार एक दिन खेल हुने छैन र अर्को शनिबार तालिकामा शीर्ष स्थानमा रहने २ टिमबीच फाइनल खेल हुनेछ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.