म्याक्सवेल र डिबिलियर्सको अर्धसतकमा कोलकत्तालाई विशाल लक्ष्य
काठमाडौं र इण्डियन प्रिमियर लिग (आईपीएल)को आजको खेलमा बेंग्लोरले कोलकत्तालाई विशाल लक्ष्य दिएको छ । चेन्नाईमा जारी खेलमा बेंग्लोरले कोलकत्तालाई २०५ रनको लक्ष्य दिएको हो ।
टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ४ विकेट गुमाएर २०४ रन बनायो । त्यसका लागि ग्लेन म्याक्सवे र एबी डिबिलियर्सले शानदार ब्याटिङ गरे । म्याक्सवलले ४९ बलमा ७८ तथा डिबिलियर्सले ३४ बलमा ७६ रन बनाए । दुवै खेलाडीले समान ९ चौका र ३ छक्का प्रहार गरे । कोलकत्ताका वरुङ चक्रवर्तीेले ३ विकेट तथा प्याट कमिन्स र प्रसिद्द कृष्णले १/१ विकेट लिए ।
प्रतिक्रिया







डिसी नेपाल







Facebook Comment