शान्ति सुरक्षा पहिलो प्राथमिकता : मुख्यमन्त्री पौडेल

डिसी नेपाल
५ वैशाख २०७८ २०:३७
28
Shares

वाग्मती । वाग्मती प्रदेशका मुख्यमन्त्री डोरमणि पौडेलले मुलुकको पहिलो प्राथमिकता शान्ति सुरक्षा रहेको बताएका छन्। प्रदेश सरकारले निर्माण गरेको जिल्ला ट्राफिक प्रहरी कार्यालय मकवानपुरको नवनिर्मित भवनको उद्घाटन गर्दै प्रहरीलाई साधन स्रोतले सुसज्जित गरिने बताए ।

प्रहरी सङ्गठनलाई चुस्तदुरुस्त बनाउन भवन, सवारीसाधनलगायत साधन स्रोत र पर्याप्त जनशक्ति उपलब्धि गराइने उनको भनाइ थियो । उनले प्रहरी प्रदेश सरकार मातहत नआएका कारण लगानी गर्न धेरै समस्या परेको जानकारी दिए । “हामीले धेरै नै मेहनत गरेर प्रहरी चौकी भवन बनाएका छौँ”, उनले भने ।

मन्त्रालयका अनुसार पहिलो चरणमा मकवानपुरमा सात, काभ्रेपलाञ्चोक र सिन्धुलीमा छ/छ, चितवन र रामेछापमा पाँच÷पाँच, रसुवा र दोलखामा गरी चार र धादिङ, नुवाकोट र सिन्धुपाल्चोकमा तीन/तीन वटा भवन निर्माण भइरहेका छन् । प्रहरी भवन निर्माणका लागि सबैभन्दा बढी मकवानपुर जिल्लामा रु १८ करोड २१ लाख ९६ हजार छुट्टाइएको छ ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.