सन्यास लिइसकेका एबी डिभिलियर्स टि–२० विश्वकप खेल्न इच्छुक

डिसी नेपाल
६ वैशाख २०७८ ११:१३
108
Shares

काठमाडौं। दक्षिण अफ्रिकाका पूवृकप्तान एबी डिभिलियर्सले यसै वर्ष भारतमा हुने टि–२० विश्वकप खेल्न इच्छुक भएको बताएका छन् । अहिले आइपिएलमा रोयल च्यालेन्जर्स बैंगलोरका लागि खेलिरहेका डिभिलियर्सले दक्षिण अफ्रिकाका कोच मार्क बाउचरसँग यस विषयमा छलफल गर्ने पूर्वनिधौरित कार्यक्रम रहेको खुलासा गरेका छन् । तर, उनी आफूले भने टिममा आफ्नो लागि ठाउँ नभएको विश्वास गर्छन् ।

‘आइपिएलकै क्रममा हामीले यस विषयमा कुरा गर्ने कार्यक्रम छ । हुन त हामीले यस विषयमा पहिले पनि कुराकानी गरिरहेका छौं’ २०१८ मै अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्यास लिएका डिभिलियर्सले हिजो आइपिएलको प्रिजेन्टेसन सेरेमनीमा भने ‘गत वर्ष उनले म इच्छुक छु कि भनेर सोधेका थिए र मैले अवश्य पनि भनेको थिएँ । अब आइपिएल सकिएपछि मेरो फर्म र फिटनेसलाई हेरेर हामी यसबारे छलफल गर्नेछौं ।’

२०२० को विश्वकप स्थगित हुनुअघि पनि डिभिलियर्सलाई टिममा ल्याउनेबारे छलफल भएको थियो तर कोभिड–१९ का कारण त्यो विश्वकप स्थगित गरियो । त्यतिबेला बाएचरले डिभिलियर्सको प्रश्नमा अहमको कुनै स्थान नहुने बताएका थिए । यदि डिभिलियर्स टिममा फर्कनको लागि इच्छुक र फिट भएमा र उनी टिममा आउँदा टिम बलियो बन्ने भएमा उनी टिममा छानिने बताएका थिए ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *