घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने गिरोह

डिसी नेपाल
६ वैशाख २०७८ २०:०९
256
Shares

काठमाडौं। प्रहरीले घरमै पार्किङमा राखेको मोटरसाएलक चोरी गर्ने गिरोहलाई पक्राउ गरेको छ। काठमाडौ तारकेश्‍वर नगरपालिका वडा नं ६ पैयुटारस्थित घरमै पार्किङमा राखेको मोटरसाइकल चोरी गर्ने तीन जनालाई मोटरसाइकल सहित महानगरीय ट्राफिक प्रहरी महाशाखाले सोमबार नियन्त्रणमा लिएको छ।

पक्राउ पर्नेमा नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं ४ घर भई हाल तारकेश्‍वर नगरपालिका वडा नं ९ बस्ने बर्ष २० को नमराज अधिकारी र बर्ष २२ को रामचन्द्र अधिकारी तथा नुवाकोट तादी गाउँपालिका वडा नं ३ घर भई हाल तारकेश्‍वर नगरपालिका वडा नं ९ बस्ने बर्ष १९ को रामचन्द्र थापा रहेको महानगरीय ट्राफिक प्रहरी महाशाखाका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक जनक भट्टराईले बताए ।

तारकेश्वर नगरपालिका १० नं। वडा कार्यालय शुभकामना चोक स्थित सडक खण्डमा वास्तविक नम्वर प्लेटका साथै स्वरूप समेत परिवर्तन गरी बा ८८ प ६७१६ नम्बर प्लेट प्रयोग गरेर चलाई हिडेको अवस्थामा उनीहरूलाई सादा पोसाकमा खटिएको ट्राफिक प्रहरी टोलीले पक्राउ गरेको भट्टराईले जानकारी दिए।

उक्त मोटरसाईकलको वास्तविक नम्बर बा ९५ प ३३३५ नम्वरको २२० सी।सी। को कालो रातो रङ्गको पल्सर मोटरसाईकल रहेको खुल्न आएको छ। उक्त पक्राउ भएका मोटरसाइकल यहि चैत्र २७ गते तारकेश्‍वर नगरपालिका– ६, पैयुटारबाट हराएको भनी नुवाकोट पञ्चकन्या गाउँपालिका वडा नं ४ घर भएका राजु तामाङले हुलिया निवेदन यस महाशाखामा दिएका थिए।

पक्राउ गरिएको व्यक्तिसहित उक्त मोटरसाइकललाई चोरी मुद्दामा अनुसन्धान कारबाहिका लागी महानगरीय प्रहरी बृत्त गौशालामा पठाएको महाशाखाले जनाएको छ। पछिल्लो समय उपत्यकाको बिभिन्न स्थानहरूबाट चोरी भई हराएका मोटरसाईकल र चोरी गर्ने कार्यमा संलग्न व्यक्तिहरूको सूचना संकलन एवं निग्रानी राखी बिशेष कारबाही अभियान महाशाखाले चलाएको छ।

यस आर्थिक वर्षमा मात्रै हराएका ३५७ वटा मोटरसाइकल खोजतलास गरी सवारी धनीलाई जिम्मा लगाउनुको साथै चोरीमा संलग्न ५० जना व्यक्तिहरूलाई पक्राउ गरी विभिन्न प्रहरी बृत्तहरु मार्फत मुद्दा चलाएको महशाखाले जनाएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.