भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह कोरोना संक्रमित

डिसी नेपाल
६ वैशाख २०७८ २१:५७
96
Shares

काठमाडौं। भारतका पूर्वप्रधानमन्त्री मनमोहन सिंह कोरोना संक्रमित भएका छन्। कोरोना संक्रमित भएपछि उनलाई दिल्लीस्थित एम्समा भर्ना गरिएको भारतीय सञ्चार माध्यमहरुले जनाएका छन्। उनलाइ ज्वरो आएको जनाइएको छ।

काँग्रेस आईका पूर्व अध्यक्ष राहुल गान्धीले सामाजिक सञ्जालमार्फत पूर्वप्रधानमन्त्री सिंहको स्वास्थ्यलाभको कामना गरेका छन्। भारतमा अहिले दैनिक साढे दुईलाखभन्दा धेरै नयाँ संक्रमितहरु थपिएका छन्। भारतमा कोरोनाका कारण हुने मृत्यु दर पनि उच्च छ। भारतमा धेरैजसो राज्यहरुमा लकडाउन शुरु गरिएको छ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.