किशोरको खुट्टामा चिया पोखिएको थियो, अब ती किशोरले १ करोड रुपैयाँ पाउने

डिसी नेपाल
७ वैशाख २०७८ १४:०३
448
Shares

काठमाडौं। आयरल्याण्डका एक किशोरसँग ४ वर्ष पहिले एउटा दुर्घटना भएको थियो । ४ वर्ष पहिले एक हवाइजहाजमा यात्रा गरिरहेका बेला ती किशोरको खुट्टामा चिया पोखिएको थियो । त्यसपछि ती किशोरकी आमाले एयरलाइन्स कम्पनीमाथि मुद्दा हालिदिएकी थिइन् । अब ती किशोरले झण्डै एक १ करोड रुपैयाँ क्षतिपूर्ति पाउने भएका छन् ।

इन्डिपेन्डेन्टका अनुसार किशोरकी आमाले हालेको मुद्दामा अदालतले ४ वर्षपछि अहिले फैसला सुनाएको हो । फैसलामा अदालतले एयरलाइन्सले पीडित किशोरलाई ६५ हजार युरो क्षतिपूर्ति दिन आदेश दिएको छ । आयरल्याण्डका एमरे काराक्या नामका ती किशोर ४ वर्षअघि डब्लिनबाट टर्कीको इस्तानबुल जाँदै थिए । टर्किश एयरलाइन्सको जहाजमा यात्रा गर्ने क्रममा एक क्याबिन क्रुका कारण उनको दायाँ थाइमा तातो चिया पोखिएको किशोरले बताएका थिए ।

किशोरका अनुसार त्यो भियाले पोलिएको घाउमा स्थायी खत बनेको छ । किशोरको दावीअनुसार त्यो घटनापछि उनी कैयौं दिनसम्म डराइरहेका थिए र धेरै दिनसम्म घाउ दुखिरहेको थियो । घटनाको बेला एमरे १३ वर्षका थिए । यी किशोरकी आमाले घटनाबारे थाहा पाएपछि टर्किश एयरलाइन्सविरुद्ध मुद्दा हालिदिएकी थिइन् । एमरेकी आमाका अनुसार यो घटनापछि उनका छोराले गम्भीर शारीरिक र मानसिक समस्या झेल्नुपरेको थियो ।




प्रतिक्रिया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

धेरै पढिएको.